‘पुर्णिमाकाे जुन ‘संगै यसरी उदाए देउडा गायक तथा उर्जाशिल युवा प्रेमजंग

देउडा गायक प्रेमजंग शाह नयाँ तथा पहिलाे एलबम पुर्णिमाकाे जुनसंगै बजारमा अाएका छन । सानै कलाकारीता र साहित्य प्रति गहिराे अभिरूचि भएका प्रेम पहिलाे एलबम पुर्णिमाकाे जुनसंगै बजारमा अाएका हुन ।  जाजरकोट कुशे गाउँपालिका ५ दम्दालामा जन्मिएका  उर्जाशिल तथा प्रगतिशिलधाराका देउडा गायक शाहले आफ्नो पहिलो प्रस्तुति देउडागित एल्बम ´ पुर्णिामाका जुन ` बेग्लै भाव सहित बजारमा अाएका हुन ।

राधिका म्युजिक प्राली अनामनगरले बजारमा ल्याउदै गरेको एल्बममा गायक शाहलाई सोभा थापाले साथ दिइकी छन् भने लय तथा शब्द संकलन प्रेम जंग शाहकै रहेको छ ।शाहले अाफ्नाे उदेश्य परम्परागत संस्कृतीलार्इ बचाउने र संरक्षण गर्ने बताएका छन ।  एल्बममा सहयोगि तर्फ दिपक थापा (क्षितिज ) र चन्द्र बहादुर थापाले सघाएका छन  ।

लाेक देउडा बिस्तारै नेपाली संस्कृतीबाट लाेपउन्मुख हुदै गएको बेला देउडा गायक प्रेम जंग शाहले यसैको जगेर्ना गर्न र देउडा गित संगीत लाई पुनः परिचित गराउन एल्बम बजारमा ल्याएका हुन । राधिका म्युजिक प्रालिका प्रबन्ध डि पि मगरले देउडा एल्बम ‘पुर्णिामाका जुन’ को सम्पुर्ण तयारी सकिएको र छिट्टै नै बजारमा आउने बताएका छन् ।