त्रिशूली बस दुर्घटना: मृतकको संख्या ३० पुग्यो, १२ को सनाखत
धादिङको गजुरी गाउँपालिका वडा नम्वर ५ को घाटनबेसी नजिकै भएको बस दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ३० पुगेको छ । मृतक ३० मध्ये १२ जनाको सनाखत भएको छ जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बर बस शनिबार बिहान गजुरी नजिकै घाटबेसीको बाँङ्गेमोड भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको हो । प्रहरी र सेनाको गोताखोरले नदीमा डुबेको गाडी भित्र पसेर खोजी गरिरहेका छन् । बस नदीमा खस्दा घाइते भएका १६ जनाको उद्धार गरिएको छ । घाइते मध्ये २ जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने बारेमा यकिन विवरण जानकारी नभएको प्रहरीले जनाएको छ ।
हालसम्म सनाखत भएका १२ जना मृतकको नामावली
नरेश मुखिया – सप्तरी
शुसान चौधरी – सप्तरी
रमानन्द यादव – सप्तरी
संजित कुमार झा – सप्तरी
सिम्मी कुमारी झा – सप्तरी
आदित्य यादव – सप्तरी
ममता देवी ठाकुर – मधुवनी बिहार ईन्डिया
राज कपुर यादब – सिरहा
पार्वती चौधारी – सप्तरी
चन्ऽरेखा प्रमणी – सप्तरी
मन्जित कुमार झा – सप्तरी
चन्ऽावती झा – सप्तरी