शाहीको उम्मेदवारीले प्रदेश नं. ६ तरंगित

मुख्यमन्त्री पदलाई केन्द्रमा राखेर हेर्दा आइतबार मध्याहनसम्म ६ नम्बर प्रदेशको चुनावी राजनीति शान्त थियो। नेपाली कांग्रेसबाट हुम्लाका जिवनबहादुर शाही वा सुर्खेतका तप्तबहादुर विष्ट र वाम गठबन्धनबाट यमलाल कँडेल मध्येबाट प्रदेश ६ मा मुख्यमन्त्री हुने धेरैको आँकलन थियो ।

आइतबार दिउँसो यो प्रदेशको राजनीति एकाएक तरंगित भयो । यसको कारक बने–बिनाबिभागीय मन्त्री महेन्द्रबहादुर शाही,जसले कालिकोटबाट प्रदेशसभामा मनोनयन दर्ता गरे।र,उनले आफ्नो उदेश्य पनि स्पष्ट पारे–पार्टीको तर्फबाट मुख्यमन्त्री बन्ने ।

शाहीको यो आकांक्षाले बाम गठबन्धनका दुई नेता जुम्लाका भण्डारी र सुर्खेतका कँडेललाई एकैपटक घोचेको छ । पहिलो संविधानसभामा निर्वाचित जुम्लाका भण्डारी पार्टी नेतृत्वसँगको ‘सहमति’ पछि जुम्लाबाट प्रदेशसभा चुनाव लड्न तयार भएका हुन । समर्थकले पनि उनलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन् ।