जुँवा खालबाट प्रहरीसहित ९ जना पक्राउ

जुँवालाई सामाजिक विकृति भन्दै नियन्त्रणको जिम्मा पाएको प्रहरी नै जुँवा खालबाट पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी जवान गोपीकृष्ण नेपालसहित बुटवलको देवीनगरका ४ जना र तिलोत्तमा नगरपालिका सिमानगरका ५ जना पक्राउ परेका छन् ।

उनीहरुको साथबाट देवीनगरबाट ५७ हजार र सिमानगरबाट ३ लाख ७४ हजार रुपैयाँ पनि प्रहरीले बरामद भएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन २०२० अनुसार कारवाही हुने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।