माअोवादीका चर्चित नेता मल्ल भन्छन् – प्रचण्डले जाजरकोटका सहिद परिवारसँग माफी माग्‍नुपर्छ

माओवादी केन्द्रका नेता कालिबहादुर मल्लले पार्टी अध्यक्ष प्रचण्डले जाजरकोटका सहिद परिवारसँग माफी माग्‍नु पर्ने बताएका छन् ।

संचारमाध्यममा अाएको एमाले-माओवादी केन्द्रले सिट बाँडफाँडमा असहमति जनाउँदै नेता मल्लले सामाजिक संजालमा लेखेका छन्, ‘यदि लेखेकाे सही हाे भने क प्रचण्डले जाजरकोटका सहिद परिवारसँग माफी माग्नुपर्छ र हिजाे अाधार ईलाकामा खट्ने सबैले प्रश्न गर्नु पर्छ की याे के हाे ? ।’

उनले ६ नम्बर प्रदेशमा सिट बाँडफाँडमा माकेतर्फ असन्तुलन, अपमानित र असहज भएको बताएका छन् ।नेता मल्लले निर्णय सच्याउन सुझाव दिएका छन् ।

उनले भने, ६ नं. प्रदेशमा सबैले देख्नेगरी  माअाेवादीतर्फ असन्तुलित, अपमानित र असहज भएकाे छ, याे निर्णय कार्यन्वयन गर्न निकै चुनाैतिपुर्णछ, समय कहि छ भने सच्याउनुपर्छ अन्यथा सकारात्मक परिणाम दुबैतर्फ नअाउने देखिन्छ।’