पार्टी एकता पक्का भयो भन्दै लाजिम्पाटमा अखिलकी नविनासँग यसरी नाचे प्रचण्ड

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले खेलेको देउसी भैलोमा एमाले अखिलकी अध्यक्ष नवीना लामा सहभागी भएकी छन् । अखिल क्रान्तिकारीले विहीवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासबाट देउसी भैलो कार्यक्रम सुरु गरेको थियो, जहाँ एमाले अखिल अध्यक्ष लामा पनि उपस्थित भइन् ।

आफ्नो निवासबाट सुरु भएको देउसी भैलो कार्यक्रममा एमाले अखिल अध्यक्ष लामा पनि उपस्थित भएपछि प्रचण्ड हर्षित भए । ‘पार्टी एकता हुने पक्का भइसक्यो, तपाईंहरुले संयुक्त रुपमा यस्तो कार्यक्रम आयोजना गर्दै जानुस् भन्नुभयो’ लामाले भनिन्, ‘उहाँले दिनु भएको प्रोत्साहनले हामीपनि खुसी भएका छौँ ।’ क्रान्तिकारीको देउसीभैलोेमा अखिलका कार्यकर्ताहरुसँगै प्रचण्ड र उनकी कान्छी छोरी गंगा दाहाल नाचेकी थिइन् । प्रचण्ड नाचेपछि अखिल अध्यक्ष नविनापनि नाचिन् । प्रचण्ड–नविनाको नाचसँगै प्रचण्ड निवासमा क्रान्तिकारीको देउसीभैलो एकघण्टा चलेको थियो ।

देउसीभैलो कार्यक्रममलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता नहुँदै विद्यार्थीहरुमा देखिएको एकताप्रति खुसी प्रकट गरेका थिए । उनले दुवै पार्टीका विद्यार्थी नेता–नेतृहरुलाई निर्देशन दिए, निर्वाचनमा मात्र हामी एक हुँदै छैनौं, त्यसपछि पार्टी एकतापनि गर्दैछौँ । त्यो नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा अर्काे छलाङ र क्रमभंगता हो ।’
लामाका अनुसार केही वर्षयता विद्यार्थी संगठनहरुले आफ्नो कार्यक्रममा अर्काे संगठनका प्रमुखलाई पनि बोलाउने गरेका छन् ।

यही परम्पराअनुसार क्रान्तिकारीले आफूलाई निम्त्याएको बताइन् । भनिन्, ‘नेविसंघ लगायत अन्य संगठनका अध्यक्षलाई पनि बोलाउनु भएको थियो । तर अरु आउनु भएन । म मात्र गएँ ।’ भदौमा नै अखिल दशैँतिहारको शुभकामना स्वरुप अखिल साँझ आयोजना गरेको एमाले अखिलले देउसीभैलो आयोजना गरेको छैन । ‘यदि हामीले पनि गरेको भए पार्टी एकताको खुसीयालीमा संयुक्तरुपमा गथ्र्याैँ होला’ उनले भनिन् ।