बेइजिङमा बैठक, काठमाडौंमा सुरक्षा सतर्कता!

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं नेसनल कंग्रेस बुधबारदेखि बेइजिङमा सुरु हुँदैछ। चीनमा हुने उक्त बैठकको सुरक्षासम्बन्ध भने काठमाडौंसम्म जोडिएको छ। यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

नेसनल कंग्रेसको बैठक नजिकिँदै गर्दा काठमाडौंमा चीनविरोधी गतिविधिको तयारी भइरहेको सूचनाको आधारमा प्रहरीले सतर्कता बढाएको छ। बैठकलाई विश्वले नै चासोका साथ हेरिरहेका बेला तीब्बती शरणार्थीले चीनलाई दबाब दिनेगरी काठमाडौंमा गतिविधि गर्ने तयारी भइरहेको सूचना प्रहरीले पाएको छ।

प्रहरी अधिकारीका अनुसार आत्मदाहको लागि तीनजना तीब्बती शरणार्थी काठमाडौं आएको सुचना प्रहरीले पाएको छ। उक्त सुचना पाएपछि बौद्ध क्षेत्रलाई विशेष निगारानीमा राखिएको प्रहरीको भनाइ छ। सादा पोशाकमा प्रहरी खटाएर जावलाखेल, स्वयम्भू क्षेत्रमा पनि प्रहरीले निगरानी बढाएको छ।