माओवादी सरकारबाट बाहिरिदै,औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी

नेकपा  माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेकाे छ । औपचारिक निर्णय सार्वजनकि भने गरिसकेकाे छैन् । निर्णय गर्न माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्दै छ ।

मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले पार्टीको धारणा सार्वजनिक गर्नेछन् । माओवादी मन्त्रीहरूले नैतिक प्रश्न उठ्ने देखिएमा शनिवार राजीनामा दिने मनस्थिति बनाएका छन् ।

माओवादीले सरकारमा भए वा नभए पनि निर्वाचन सार्न नमिल्ने पहिलो सर्त बनाएको छ । निर्वाचन सार्दा वाम गठबन्धनमा समस्या आउनुका साथै संवैधानिक संकट आउन सक्ने भएकाले सरकार माओवादीको कम प्राथमिकतामा परेको छ ।