राज्यमन्त्री कमलादेवीले अाफै चलाउँछिन् म्यानपावर कम्पनी

नेपालमा म्यानपावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्तिको संलग्नता नौलो होइन। उच्च तहका राजनिितक र प्रशासनिक नेर्तत्वसँग पहुँचको आधारमा धेरैले चलाइरहेको म्यानपावर व्यवसायमा बहालवाला मन्त्रीसमेत सामेल भएको नयाँ तथ्य फेला परेको छ। वन तथा भूसंरक्षण राज्यमन्त्री कमलादेवी शर्माले म्यानपावर सञ्चालन गरिरहेको खुलासा भएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिककी नेतृ शर्माले मन्त्रालयको जिम्मेबारीसमम्हाले पनि म्यानपावर व्यवसाय छोडेकी छैनन्। बरु उनले पदको आडमा वैदेशिक रोजगार विभागले तोकेको जरिवान तिर्न अटेरी गरिरहेकी छिन्। तीन वर्षअघि श्रम तथा रोजगार मन्त्रालयद्वारा खाडीका ६ मुलुक र मलेसिया जाने कामदारका लागि सुरु गरेको निःशुल्क भिसा र टिकटको कार्यान्वयन भए नभएको जान्न विभागले माग गरेको विवरण नबुझाउनेभा पनि पहुँचवाला व्यक्तिकै म्यानपावर बढी छन्। विभागले पटकपटक विवरण माग गर्दा पनि नबुझाउनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री शर्माले चलाउँदै आएको दर्ता नम्बर २० को रिजा ओभरसिज सहित इनोभेटिभ म्यानपावर, एोिसिएट्स वेलकम म्यानपावर हुन्।

वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीले पटकपटक विवरण माग्दासमेत नबुझाउनेमा क्यापिटल रिक्रुटमेन्ट, मुस्ताङ ओभरसिज र रेड रोज म्यानपावर पनि हुन्। निःशुल्क भिसा र टिकट कार्यान्वयन भए\नभएको लगायत कामदारसँग असुल गरिएको शुल्कबारेको विवरण माग्दा पटकपटक बेवास्ता गरेपछि राज्यमन्त्री शर्माको रिजासहित ती म्यानपावर कम्पनीलाई ५० देखि एक लाख रुपैयाँसम्म जरिवान तिराउने निर्णय गरेको थियो। तर ती कम्पनीले अटेर गर्दै आएका छन्।