बुद्धले एयरबस ल्याउने,यूरोपेली संस्थासँग छलफल
प्रकासित मिति : २०७४ आश्विन २६, बिहीबार ०४:२५
प्रकासित समय : ०४:२५
बुद्ध एयरले एयरबसमार्फत अन्तराष्ट्रिय बजारमा पहुँच बढाउने तयारी गरेको छ । कम्पनीले सेवा सुरु गरेको २० बर्ष पुरा भएको उपलक्ष्यमा जारी विज्ञप्तिमा उक्त योजना सार्वजनिक गरिएको हो ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थलको निर्माणसँगै बुद्ध एयरले अन्तराष्ट्रिय हवाइजहाज उत्पादन गर्ने यूरोपेली संस्थासँग एयरबस ल्याउनेबारे छलफल गरेको जनाएको छ ।
उडानका लागि बुद्ध एयरले एयरबसका ३२० फेमिली सिरिजका जहाज पनि ठम्याइसकेको खबर आजको कान्तिपुरमा छ ।