व्यवसायी हत्याको सर्वत्र निन्दा, को हुन् शरदकुमार गौचन ?

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या निजी क्षेत्रमाथिकै आक्रमण भएको व्यवासयीहरुले बताएका छन् । सोमबार दिउँसो काठमाडौं, शान्तिनगरस्थित घरबाट निस्कन लागेको गौचनलाई गोली हानी हतया गरिएको थियो ।

निर्माण व्यवसायी गौचनको हत्याप्रति निजी क्षेत्रका छाता संगठन सहित व्यवसायीहरुले विरोध गर्दै हत्यारालाई कारबाही गर्न सरकारसंग माग गरेका छन् । शान्तिको सास फेर्न पाइने आसमा रहेका जनता झस्किएका छन्, उधमी, व्यवसायी त्रसित हुन पुगे ।

को हुन् शरदकुमार गौचन ?

हाल काठमाडौं, शान्तिनगरमा घर भएका ५७ बर्षे निर्माण व्यवासयी महासंघका अध्यक्ष शरदकुमार गौतन पोखरामा जन्मेर स्कुलको पढाई सकेको थिए ।

तत्कालीन एसएलसी बोर्डमा पर्न सफल गौचनले काठमाडौं, पुल्चोकबाट ओभरसियर पढेका थिए । व्यवसायी क्षेत्रमा आउनुअघि उनले केही बर्ष जागिर समेत गरेका थिए ।

पढाई सकेर व्यवसायीमा लागेको गौचनले निर्माण व्यवसायी क्षेत्रमा झन्डै चार दशक योग्दान गरेको महासंघका पुर्वअध्यक्ष लामिछानेले बताए ।, यो खबर आजको नागरिकमा छ ।