निर्वाचन सार्ने प्रधानमन्त्रीको प्रस्ताव लिएर मन्त्री पुगे शीतलनिवास

सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने औपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मार्फत त्यस्तो प्रस्ताव गरेका हुन् ।

तर राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाह हुने भन्दै सरकारलाई सचेत गराएकी छिन् । प्रधानमन्त्रीको सन्देश लिएर अर्थमन्त्री कार्की शनिबार बेलुका शीतलनिवास पुगेका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रपति भण्डारीका अनुसार.

-निर्धारित मितिका लागि तोकिएको निर्वाचन सार्ने कुरा संवेदनशील हुन्छ ।

-त्यसका लागि पहिले सरकारमा रहेका दल र विपक्षी दलहरुको पनि समहति चाहिन्छ ।

-निर्वाचन आयोगको पनि सहमति हुनुपर्छ ।