गौचनको हत्या रहस्यमय: भारतीय ‘सार्पसुटर’ पक्राउ

पाल निर्माण व्यवासयी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या रहस्यमय बन्दै गएको छ । सोमबार दिउँसो नयाँ बानेश्वरको खरिबोट नजिकै एक समुहले गोली हानी हत्या गरिएका गौचनको हत्या कसले किन गर्यो रहस्यमय भएको महानगरीय आयुक्त कार्यालका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक जयबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो अहिले विभिन्न आफवाह फैलिएको छ , प्रहरीले अफवाहको पछि लाग्ने कुरा भएन,, हामी घटनाको अनुसन्धान गरिरहेका छौं ।

भारतीय सार्पसुटर पक्राउ

भारतबाट काठमाडौं आएका दुई जना सार्पसुटर पक्राउ परेका छन् । शनिबार काठमाडोंका जोरपाटीस्थित नरायणटारबाट पक्राउ परेका दुवै जना भारतीय सार्पसुटर रहेको तथा भारतीय प्रहरकिो खोजीको सुचीमा रहेको नेपाल प्रहरीले जनाएको छ ।

उनीहरु बसैको हत्याका लागि नेपाल आएको प्रहरीको आशंका गरेको छ । पक्राउ पर्नेमा भारतीय रक्सौलका दिपकुमार श्रीवास्तव र रन्जनकुमार यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।