गौचनको हत्या अनुसन्धान गर्न प्रहरीले समिति बनायो

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि नेपाल प्रहरीले विशेष अनुसन्धान समित बनाएको छ। उक्त समितिमा एसएसपी शेर बहादुर बस्नेतको संयोजकत्वमा डीएसपी अजय केसी, डीएसपी अंगुर जीसी र इन्स्पेक्टर दीपेन्द्र अधिकारी सदस्य रहेका छन्।

यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई तीन राउण्ड गोली र पेस्तोलसहित पक्राउ गरिसकेको छ। जसमा काभ्रेको रोशी गाउँपालिकाका छिरिङ तामाङ,सञ्जय तामाङ र दिलिप लामा रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरु गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुलाई बौद्ध जोरपाटीबाट अपरान्ह ३ बजे पक्राउ गरिएको हो।