सर्वोच्चले रोक्यो आयल निगम प्रमुख खड्कामाथिको कारवाही

आइतबार सर्वोच्च अदालतले गोपाल खड्कालाई नेपाल आयल निगमको प्रमुखबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ। पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले अन्तरिम आदेश दिएको हो।

निगमका लागि जग्गा खरिदलगायतका विषयमा अनियमिततामा मुछिएपछि निगमका कार्यकारी निर्देशक खड्कालाई असोज २ गतेको मन्त्रिपरिषद् बैठकले हटाएको थियो। आयल निगमले पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता भएको ठहर गर्दै संसदीय समितिहरूले कारबाहीका लागि निर्देशनअनुसार मन्त्रिपरिषदको निर्णयबाट खड्कालाई पदबाट हटाइएको थियो।