जाजरकोट उद्योग वाणिज्य संघमा एमाले र राप्रपा गठबन्धन प्यानलैै विजयी

जाजरकोट उद्योग वाणिज्य संघकाे अध्यक्षमा एमाले र राप्रपाका साझा उमेदवार कर्ण बहादुर खत्री सहित गठबन्धनको प्यानलै बिजयी भएकाे छ । खत्रीले काङ्ग्रेस र माअाेवादी (केन्द्र)का साझा उमेदवार भद्र बहादुर वलीलाई ८३ मत अन्तरले पछि पादैं बिजयी बनेका हुन् । खत्रीको पक्ष्यमा ३६७ मत परेकाे थियो भने वलीले २८४ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा पनि कर्णकै प्यानलका शिव विक्रम हमाल ३५३ मत प्राप्तगरी बिजयी बनेका छन् भने वलि प्यानलका पारस कुमार वाग्लेले २८७ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा खत्री प्यानलकै नर बहादुर थापा ३८० मत प्राप्त गरि बिजयी बने वली प्यानलका मिलन कुमार चन्दले २५७ मत प्राप्त गरे ।

महासिचबमा ईश्वरी बहादुर खत्रीले ३६२ मत ल्यायर बिजयि भएका छन् भने बुद्धि बहादुर खत्रीले २८३ मत ल्याएर पराजित भए । सचिवमा अमर बहादुर शाहीले ३५० मत प्राप्त गरि बिजयि हुँदा सुर्य बहादुर राेकायले २८७ मत प्राप्त गरे । कोषाध्यक्षमा माेहन खड्काले ३८१ मत प्राप्त गरी बिजयि भएका छन भने धनसरा सिंह (शाही)ले २६२ मत ल्याएर पराजित भइन् ।

त्यसैगरी खुल्ला सदस्यहरूमा चक्रबहादुर थापा (३४६), मंगले बुढाथोकी (३३८), खिमबहादुर शाही (३४०) र विष्णु वली (३४७) विजयी भएका छन् । जनजाति सदस्यमा गणेशबहादुर थापा (३६८) , महिला सदस्यमा बन्दना पुन(३५८), धनमाया खड्का (३४९), र दलित सदस्यमा गणेशबहादुर कामी (३४१) विजयी भएको उद्योग बाणिज्य संघ जाजरकोटले जनाएको छ ।

अपांग सदस्यमा यसअघिनै काङ्ग्रेस-माअाेवादी केन्द्र गठबन्धनका भिम बहादुर खत्री निर्विरोध निर्वाचित भएका थिए । यो संगै जाजरकोट वाणिज्य संघमा एमाले-राप्रपा प्यानलको बर्चस्व देखिएको छ । ८३० मत मध्ये निर्वाचनमा ६७० मत खसेको थियो । १५ पदका लागि भएको चुनावमा २८ जनाकाे उमेदवारि परेकाे थियो । वाणिज्य सघको निर्वाचन बाट अध्यक्ष ,वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासिचव, सचिव, कोषाध्यक्ष र बाकि ९ सदस्य निर्बाचित हुने व्यवस्था छ ।