सिफरिसको चाङ बोकेर राजधानी : कास्कीमा १ सय ६० आकांक्षी

प्रदेश र संघका उम्मेदवारको सूची बोकेर कास्कीका राजनीतिक दलका प्रमुख राजधानी पसेका छन् । कांग्रेस जिल्ला सभापति कृष्ण केसी, माओवादी केन्द्र जिल्ला इन्चार्ज रामकाजी गुरुङ र नयाँ शक्ति जिल्ला संयोजक हेमबहादुर थापा यतिखेर राजधानीमै छन् ।

कास्कीमा ३ संघीय संसद र ६ प्रदेश निर्वाचन क्षेत्र छन् । आजको कान्तिपुरमा यो खबर छ । दुवै तहमा प्रतक्ष्य र समानुपातिकतर्फ कास्की कांग्रेसले १ सय ६० आकांक्षीको नाम केन्द्र पठाएको छ । एमालेले क्षेत्र नम्बर १ र २ मा संघीय संसदका उम्मेदवारको नाम सर्वसम्मतिले चयन गरेको छ ।