राजपा र फोरमको पनि बन्यो नयाँ गठबन्धन
प्रकासित मिति : २०७४ आश्विन २०, शुक्रबार ११:३७
प्रकासित समय : ११:३७
मंसिर १० र २१ हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजबादी फोरम नेपालबीच चुनावी गठबन्धन बनाउने सहमति भएको छ ।
शुक्रवार (आज) संयुक्त विज्ञप्ति जारी गर्दै राजपा र फोरम नेपाल निर्वाचनमा साझा उम्मेदवार उठाउन सहमत भएका हुन् । विज्ञप्तिमा राजपा संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।