मेलम्चीको पानी चैतमा ल्याउने आयोजनाको दाबी
प्रकासित मिति : २०७४ आश्विन २०, शुक्रबार ०१:३५
प्रकासित समय : ०१:३५
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न अझै १६ सय मिटर बाँकी रहेको खबर आजको कान्तिपुरमा छ । पुससम्ममा सुरुङ खन्ने काम सम्पन्न गरेर चैत अन्तिमसम्ममा मेलम्चीको पानी उपत्यका ल्याउने आयोजनाको दाबी छ ।
आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले भने,
-दैनिक २०/२५ मिटर सुरुङ खन्ने प्रतिवद्धता ठेकेदारले जनाएका छन् ।
-यस बर्षभित्रै पानी आउँछ ।
-अब निराश हुने अवस्था छैन ।