एचए र फार्मेसी पढाउने विवादास्पद कलेजलाई सम्बन्धन दिएको भन्दै सिटिइभिटीमा ताला

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा तालाबन्दी गरेकाे छ।

अखिल क्रान्तिकारीले आज सिटिइभिटीका कागजपत्र जफत गर्दै कार्यालयमा तालाबन्दी गरेको हो। शिक्षा मन्त्री गोपालमान श्रेष्ठको प्रत्यक्ष संलग्नतामा करोडौंको चलखेल गरेर नियम विपरित करिब दुई दर्जन भन्दा बढी विवादास्पद कलेजलाई सम्बन्धन दिएको भन्दै तालाबन्दी गरिएको क्रान्तिकारीका सचिव अच्युत भट्टले जानकारी दिए। उनका अनुसार सम्बन्धन फिर्ता नभएसम्म तालाबन्दी जारि रहन्छ।

‘शैक्षिक सत्र सुरु भएको एक महिनापछि आर्थिक प्रलोभनमा सम्बन्धन दिइएको हो,’ उनले भने, ‘निर्वाचन खर्च जुटाउन मापदण्ड नै नपुगेका कलेजलाई सम्बन्धन दिनु गलत भएकाले निर्णय नसच्याएसम्म आन्दोलन जारि रहन्छ ।’ उनका अनुसार हाल सम्बन्धन दिइएका कलेजमध्ये अधिकांसमा एचए र फार्मेसी पढाउने कलेज छन्।