जहाँकाे नदीमा सुन बग्छ…….

भारतमा एक नदी यस्तो पनि छ, जहाँ सुन बगिरहेको छ । भारतीय संचारमाध्यमका अनुसार झारखण्डको एक आदिवासी इलाका भएर बग्ने उक्त नदीमा सुन बग्ने गरेको हो ।

आदिवासीहरुलाई सुनको बास्तविक मुल्यबारे जानकारी छैन । स्थानीय दलालहरुले आलुभन्दा सस्तो भाउँ तिरेर सुन ल्याउछन् तर बजारमा महंगोमा बेच्दै आएका छन् । भारतको झारखण्डको राजधानी राँचीबाट करिब १५ किलोमीटर टाढा आदिवासी क्षेत्र नजिकै पर्ने रत्नगर्भा क्षेत्रमा बग्ने उक्त सानो नदीमा सुन बगिरहेको छ ।

उक्त नदीको नाम स्वर्ण रेखा नाम हो । स्थानीयका अनुसार उक्त नदीको उत्पत्ती सुन खानीबाट भएको छ । आदिवासी दिन रात नदीमा बग्ने सुनलाई जम्म गरेर कम मुल्यमा व्यपारीलाई बेच्दै आएका छन् । यसबाट उनीहरुको जीवनको गुजारा चलिरहेको छ । उक्त नदी अन्य नदीमा नमिसिइ सिधै बंगालको खाडीमा पुग्ने गरेको छ