भ्रस्टचारीहरू काममा नसुध्रिए शसक्त जनकारवाहि- नेकपा

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी प्यूठानले ठेक्कापट्टा र विकास निर्माणका काममा व्यापक अनियमितता भएको भन्दै तत्काल सुधार्न सम्वन्धित पक्षलाई चेतावनि दिएको छ। अाज जिल्ला ईन्चार्ज चिन्तामणि घिमिरे र सेक्रेटरी दधिराम सुवेदिले संयुक्त वक्तव्य जारी गर्दै ठेक्कापट्टा र विकास निर्माणका कार्यमा अनियमितता, भ्रष्टाचार र कमिसनको खेल भएको वताएका छन्। राजनीतिक दल, शक्तिकेन्द्र, कर्मचारीतन्त्र र गुण्डागर्दिको अाडमा ती क्षेत्रमा अनियमितता हुने गरेको विज्ञप्तिमा उल्लेख छ।

उध्योगि, व्यवसायि, संघसंस्था, कर्मचारी, राजनीतिक दल र प्यूठानि जनतालाई सम्बोधन गरिएको विज्ञप्तिमा भनिएको छ- “सम्वन्धित पक्षले अाफ्ना जनविरोधि गतिविधिको समीक्षा गरेर नसुध्रिए विगतमा जस्तै हाम्रा प्रतिरोध र जनकारवाहि अझै शसक्त ढंगले अगाडि वढाईने छ।”

केहिदिन अघिमात्रै नेकपा प्यूठानले अवैध उध्योग सञ्चालन गरेको, निर्माण कार्यमा अनियमितता गरेको र जनतालाई सास्ति दिएको भन्दै निर्माण कम्पनि लोहनी एण्ड व्रदर्समाथि कारवाहि गरेको थियो।

यस्ताे छ बिज्ञप्ती