एमाले माकेजनहरूको एकता “वाम एकता नभएर बैचारीक स्खलनताको सुरुवात” हो
ढोंगी मार्क्सवाद दक्षिणपन्थी अबसरवाद भडुवा विकासवाद आत्मकेन्दृित ब्याक्तीवाद बिचार बोकेको नेतृत्व अन्तत क्रान्तिका सौभाग्य र सम्भावनालाई बिटमारेर दलाल पुजीवाद र निरङ्कुश सुधारवाद र काल्पनिक सङ्कृनतामा पतन हुन्छ जसकाे दिशानिर्देश हुदैन र अस्तित्वको लागि बर्गबिरोधी तत्वसँग बिलय हुन्छ – माओत्सेतुङ
बिश्व सर्बहाराबर्गले इतिहाँसमा यस्ता तमाम प्रकारका धोका र प्रतिघात धेरै ब्यहोर्दै आएको छ । मार्क्सवाद उदय र प्रयोगलाई बस्तुपरक सिद्धान्त र ब्यबहारिक रुप रुसी कम्युनिस्ट पार्टी र त्यसकाे नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न पश्चात बिश्व कम्युनिस्ट आन्दोलनका विरुद्धमा साम्राज्यबादी मुलुकले गरेका हतखण्डन दमन र कम्युनिस्ट आन्दोलनमा देखिएका बिचलनबादी चिन्तनले स्थान पाउदै आयको छ। जस्तो प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव नेकपाको स्थापना देखि झापा आन्दोलन दस बर्षको जनयुद्धकाल सम्म यो समस्या जर्जर बनेको छ।
रुसमा स्टालिनका विरुद्धमा ख्रुस्चेभले लिएको लाइनलाई नजरअन्दाज गर्ने हो भने वर्गसंघर्षलाई बर्ग समुनय सर्बहारा बर्गको सशस्त्रक्रान्तिलाइ शान्तिपुर्ण संक्रमण र सर्बहाराबर्गको अधिनायकत्वको ठाँउमा सर्बहाराबर्गको स अस्तित्व अबलम्बन भयो । जसलार्इ हैकमवादी राष्ट्र र बर्गबैरीहरुले मौन समर्थन जनाए । जसकाे प्रभाव चीनिया कम्युनिस्ट आन्दोलनमा पनि देखियको थियोे । चीनिया वर्गसंघर्षका महानायक माओत्सेतुङको कुशल र बहादुरीले जापानी साम्राज्यवाद र चीनिया चेङ्काइसेक कोमिन्ताङ सरकार आफ्नो खाल्डोमा मात्रै पुरिएर बसेनन् नौलो जनबादी ब्यबस्थाका विरुद्धमा साम्राज्यवादको साथमा लिनप्याओ र देङ्स्याओपिङ्हरु नयाँ भयर उदाए । त्यसकाे प्रभाव नेपाली वर्गसंघर्षमा चरमरुप भेतनाम आउन थाले नेकपाको स्थापना देखी मार्क्सवादी र दक्षिणपन्थी संशाेधनवाद बिचमा पेचदार लडाइ चल्दै आएको धुर्बसत्य यथार्थ छ ।
झापा आन्दोलन र मार्क्सवाद
सामन्ती राजतन्त्रको विरुद्धमा र सर्बहारा श्रमजीवी बर्गको पक्षमा झापा बिद्रोह सहि थियो बास्तबिकता के कुरामा अपुग थियो । त्यो कुरा ध्यानाकर्षण गर्नुपर्ने हुन्छ सिमित स्राेत सिमित एरिया सिमित संगठन र असिमित लक्ष्य बोकेर झापा बिद्रोह सुरुवात गरियपछी तत्कालीन राजतन्त्रको सम्पुर्ण शक्ति मेचि कोसी केन्द्रित गरिय र झापा आन्दोलन तहसनहस पारियो । जसकाे प्रतिफल नेतृत्ववर्गमा जेलपर्नु र बाँचेका कार्यकर्तामा चरम नैरासियता पैदाहुनु बाहेक विकल्प रहेन । जसकाे पहल मदनकुमार भण्डारीले लिए जनताको बहुदलीय जनबाद प्रतिपादन गर्नु अगाबै सार्बजनिक रूपमा भण्डारीले जनताको अधिकार माथी हस्तक्षेप नगर्नेहो भने राजाको स्थान सुरक्षित रहन्छ भन्दा तत्कालीन राजा बिरेन्द्र र माले बीचमा तिक्तता रहेन । तत्कालीन रूपमा साम्राज्यवादको अगाडि सुरक्षाका लागि कभर डिजाइन जबज प्रतिपादन गर्यो अन्ततोगत्वा एमाले बन्दै गर्दा झापा आन्दोलन गर्नु गलत हो भन्दै मेचि कोसी आन्दोलनका युवाहरूलाई बैचारिक स्खलनम पुगाइयो।
जनयुद्ध र प्रचण्ड
नेपाली समाज र सौभाग्य सम्भावना बोकेर दस बर्ष जनयुद्धको इतिहास हेर्दा प्रचण्डले जनयुद्ध र जनबिद्रहको फ्युजन भनेर २१ औ सताब्दिको जनबाद प्रचण्डपथ नाममा बाहिर आयो । त्यतिबेला बेलादेखि देखिएको सर्बसत्ताबाद र आत्मकेन्दृित पुजीवादी चिन्तनका बिरुद्दमा लडाइँ नलडनु ईमानदार क्रान्तिकारी नेता कार्यकर्ताको कमजोरी थियोे ।जनयुद्धको एकपछि अर्को विजयोल्लास दिनहरू देखिदै गर्दा भारतीए बिस्तारबादको गुरुयोजनामा चुनबाङ बैठकको नाटकको रूपमा नर्तकी नचाइमात्रै थियोे । चुनबाङ बैठक विरुद्धमा एक्ला नेत्र बिक्रम चन्द बिप्लव उभिएका थिए । चुनबाङ प्लेनम बाबुराम ढाल बनेर देखिए पनी मास्टर प्लान भारत र एमाले काग्रेस लिएकाे कुरा छर्लङ्ग छ।
संविधान सभा
बर्गबैरीहरुको फिलोडेल्फिया कन्फरेन्स नै संविधान सभाको नाटक थियो । जनयुद्ध र जन आन्दोलनको मुल हत्यारालाइ राजकीय सम्मानकासाथ बचाउनु सुकुम्बासी भुमिहिन नागरिक माथि नाङ्गो हमला गरि सडकमा पुगाउनु लोयाजिग्रा तरिकाले पुरानै शैलिम संविधान आयो भनेर दिप प्रज्वलन गर्नु र गर्न लाउनु सुधारबादी निरङ्कुस्ता हो।
बामपंथी एकता र स्खलनता
एमाले र माओवादी केन्द्र बिचमा देखिने सैद्धान्तिक भिन्नता छैन केबल चुनावी नारा चुनाव चिन्ह मात्रै फरक हुन । दुबै पार्टीको वैदेशिक नीति आर्थिक दृष्टिकोण उत्पादन शैली उत्पादनसँग साध्य सत्ता संचालनको विधि एउटा हुने तर संघ संगठनका ढाचा दुईवटा देखिएपछी कि त एमाले सकिने कि त वर्तमान माके सिद्दिने खतरा देखिएको सत्य हो । बर्तमन परिपेक्षमा प्रचण्ड र केपि वलिलाई अस्तित्वम आउन सजिलो छैन । दुबै ढोगी मार्कसवादी र भडुवा बिकासवादी हुन ।उत्पीडित बर्ग जाति समुदाय राष्ट्रको लागि एकता होइन यो प्रचण्डमा देखिएको बैचारिक बिचलन्ता र पदिय स्खलनता हो ।
क्रमशः