गुण्डागर्दीमा संलग्न गौतम प्रहरीको गोली लागेर घाइते

राजधानीमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतमलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । बिहिबार साँझ मनोहरा पुलमा प्रहरीले गौतमलाई पक्राउ गरेको हो ।

उनलाई घुँडामा गोली लागेको छ । पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए ।

चक्रे मिलन समूहसँग आबद्ध गौतमविरुद्ध प्रहरीमा आधा दर्जन उजु्री परेका थिए । उनी गत बैशाखमा पनि पक्राउ परी छुटेका थिए ।