भारतमा फेरि अर्का पत्रकार सानतानु भौमिकको हत्या

समाचार संकलनको क्रममा भारतमा एक जना पत्रकारको हत्या भएको छ । भारतको त्रिपुराको प्रान्तीय राजधानी आगार्ताला नजिकै राजनीतिक विषयका पत्रकार सानतानु भौमिकको हत्या कुटेर हत्या गरिएको हो । भारतीय संचारमाध्यमका अनुसार स्थानीय दुई राजनीतिक पार्टीबीचको झगडाको समाचार संकलनको क्रममा पत्रकार त्यहा पुगेका थिए ।

पत्रकार सानतानुको बुधबार विरोध प्रर्दशन भइरहेकै ठाउँमा कुटेर हत्या गरेको भारतीय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।उनको कुटेर हत्या गरिएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

करिब दुई हप्ता अघिमात्र भारत कै अर्का एकजना उच्च दर्जाका पत्रकारको पनि गोली हानी हत्या गरिएको बताइएको थियो । एक महिनामा पत्रकार हत्या गरिएको यो दोस्रो घटना हो ।