दसैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? ख्याल गनुृहोस्

दसैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? ख्याल गनुृहोस् । बिरामी, रोग लागेको पनि पर्न सक्छ । अस्वस्थ मासु खाँदा मानव स्वास्थ्यमा असर पर्छ ।

उपभोक्ता ठगिनबाट जोगिउन् भनेर पशुपंक्षी मन्त्रालयले नयाँ उपाय पहिचान गरेको छ । काठमाडौं भित्रिने हरेक नाकामा प्राविधिक खटाएर कासुको लागि प्रयोग हुने खसीबोकाको श्रेणी छुट्याएको हो ।

बजारमा किन्न जाँदा हरियो रङ लगाएको खसीबोका मात्र छनोट गर्नुहोस । मासु खानका लागि योग्य खसीबोकाको सिङमा हरियो रङ लगाइएको छ । अस्वस्थ्य खसीबोकालाई रातो संकेत लगाइएको छ ।