एइबरको पोष्टमा बार्सिलोनाको ६ गोल, मेस्सीले गरे ४ गोल

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी यात्रालाई कायमै राखेको छ । मंगलबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ ले हराएको हो ।लगातार पाँचौं जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेस्सी एक्लैले चार गोल गरे । यस्तै पाउलिन्हो र डेनिस स्वारेजले एक–एक गोल गरे ।एइबरका लगि एनरिचले एक गोल फर्काए ।

मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर अहिलेसम्म १२ गोल गरिसकेका छन् । लगातार पाँचौं जित निकालेको शीर्ष स्थानको बार्सिलोनाको १५ अंक भएको छ ।गएराति नै भएको अर्को खेलमा मालागालाई ५–० ले हराएको भ्यालेन्सिया पाँच खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।