कुशे गाउँपालीका अन्तर्गत ढिमेकाे मालुमेलामा फुटबल प्रतियोगिता सूरू

जाजरकोट, कुशे गाउँपालिका, ५ ढिमे स्थित मालुमेलामा शुक्रबारदेखि फुटबल प्रतियोगिता सुरू भएको छ । प्राकृतिक हिसावले सुन्दर ढिमेकाे मालुमेलामा उक्त प्रतियाेगितकाे सुरू भएकाे हाे ।

 

प्रगतिशिल युवा तथा साँस्कृतिक संरक्षक मञ्च दम्दाला, नव सिर्जनशिल युवा क्लव ढिमे र नव बाल क्लब दम्दालाको संयुक्त आयोजनामा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन एमाले सांसद रिता रावल र  कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले  गरेका हुन् ।

गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित फुटबल प्रतियोगिता उद्घाटनको प्रमुख आथित्यता संसद रिता रावलले गरेकि थिईन । कुशे फुटबल क्लव टालेगाउँ, चिल्ड्रन ब्रेन डेभलपमेन्ट घरङ्गा, शिबनगर क्लब कालेगाउ, कुशे डट्कम खलंगा, आयोजक टिम ढिमे, एसवाईसी रुकुम, झादेउ युवा क्लब ढिमे, प्रगतिशील युबा संरक्षण मन्च दम्दाला गरि ९ समुहले उक्त फुटबल प्रतियोगितामा प्रतिस्पर्दा गर्ने भएका छन् ।