आज राष्ट्रिय बाल दिवस, बालबालिकाको दुःख,पीडा उस्तै

आज राष्ट्रीय बाल दिवस बालमैत्री शासन बाल अधिाकारको सम्मान भन्ने मुल नाराका साथ देशैभरी बिभिन्न कार्यक्रम गरि राष्ट्रीय बाल दिवस मनाइदैछ । भदौ ४ गते मनाईने गरिएको बाल दिवस लोकतन्त्र आएपछि भदौ २९ गते मनाउन थालिएको हो । २० वर्षअघि सन् १९९० मा नेपालले बालअधिकार महासन्धीमा हस्ताक्षर गरेको दिनको सम्झनामा भदौ २९ गतेलाई बाल दिवसको रुपमा मनाउने निर्णय भएको हो ।

सरकार र निजी क्षेत्र दुवै मिलेर बालबालिकाका क्षेत्रमा काम गर्ने सङ्घसंस्था धेरै भए पनि बालबालिका अवस्थामा देखिने रुपमा सुधार आउन सकेको छैन । सडक बालबालिका, बाल मजदुर, होटल रेस्टुरेन्टका बालश्रमिक र सवारीसाधनमा काम गर्ने बालबालिकाका दुःख, पीडा र यातनामा कम हुन सकेको देखिँदैन । बालबालिकाले कुनै पनि स्थानमा यातना दिन हुँदैन भन्ने उद्देश्यका साथ सरकारले यस वर्षलाई ‘बालबालिकामाथि हुने शारीरिका मानसिक दण्ड सजायविरुद्ध राष्ट्रिय अभियान’ को आइतबारदेखि औपचारिक रुपमा घोषणा गरेर सुरु तयारी गरेको छ ।

बालश्रम (निशेष र नियमित) गर्ने ऐन, २०५६ र बालबालिकासम्बन्धी ऐेन, २०४८ मा बालक भन्नाले १६ वर्ष उमेर पूरा नगरेको बालबालिका भनी स्पष्ट रुपमा लेखिएको छ । नेपालको अन्तरिम संविधान, २०६३ ले बालबालिकाको हक प्रत्याभूत गरेको छ । नागरिक अधिकार ऐन, २०१२ मा नाबालकलाई कारखाना आदिमा काम लगाउन निशेध गर्दै १४ वर्षभन्दा कम उमेरका कसैलाई पनि कारखाना वा खानीको काममा लगाउन वा अन्य कुनै पनि जोखिमका काममा भर्ना गर्न हु“दैन भन्दै बालश्रमलाई निशेध गरिएको छ ।

सरकार र निजी क्षेत्र दुवै मिलेर बालबालिकाका क्षेत्रमा काम गर्ने सङ्घसंस्था धेरै भए पनि बालबालिका अवस्थामा देखिने रुपमा सुधार आउन सकेको छैन । सडक बालबालिका, बाल मजदुर, होटल रेस्टुरेन्टका बालश्रमिक र सवारीसाधनमा काम गर्ने बालबालिकाका दुःख, पीडा र यातनामा कम हुन सकेको देखिदैन । सरकार र निजी क्षेत्र दुवै मिलेर बालबालिकाका क्षेत्रमा काम गर्ने सङ्घसंस्था धेरै भए पनि बालबालिका अवस्थामा देखिने रुपमा सुधार आउन सकेको छैन । सडक बालबालिका, बाल मजदुर, होटल रेस्टुरेन्टका बालश्रमिक र सवारीसाधनमा काम गर्ने बालबालिकाका दुःख, पीडा र यातनामा कम हुन सकेको देखिदैन ।