यसकारण चामलको भाउ बढ्यो
प्रकासित मिति : २०७४ भाद्र २८, बुधबार ००:५८
प्रकासित समय : ००:५८
तराईमा आएको बाढीको नाममा ठूला व्यापारीले चामलको थोक मूल्यमा चर्को वृद्धि गरेका छन् । व्यापारीले बाढीका कारण मागअनुसार आपूर्ति नभएको दाबी गर्दै आफूखुसी चामलको मूल्य वृद्धि गरेका हुन् ।
चामलको उपभोक्ता मूल्य पनि बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । थोक बिक्रेताले पनि प्रतिबोरा चामलमा एकैपटक एक सय २५ रुपैयाँसम्म वृद्धि गरेका छन् ।
थोक व्यवसायीले सोना मन्सुली, जिरा मसिनो र बास्मति चामलको प्रतिबोरा ८५ रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका हुन् ।
दालको मूल्य
दालको तुलनात्मम मूल्य घटेको छ । असारको तुलनामा भदौमा केही मूख्य दालको मूल्य घटेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।