गायीका अनिता चलाउनेसंग सोधिएका ७ प्रश्न-भन्छिन् बाल्यकाल पाएको भए फेरी म्युजिकमा नै लाग्थेँ
पछिल्लो समय सुन्दर रुप तथा मिठो स्वरकी धनी गायिका अनिता चलाउने गायन क्षेत्रमा निकै चर्चा बटुल्न सफल भइरहेकी छन् । छोटो समयमा निकै चर्चित र व्यस्त गायिका हुन चलाउने । केहि वर्षदेखि लगातार कलाकारिता क्षेत्रमा लागेकी चलाउनेले हालसम्म दर्जनैँ गितहरू गाइसकेको बताउँछिन् ।
जन्मथलो बर्दिया भएपनि कर्मथलोको रुपमा काठमाडौंमा रहेर आफ्नो कलाकारिता करिअरलाई निरन्तर अगाडि बडार्इ रहेकी अनिता अाफुले नसाेचेकाे सफलता हात पारेकी बताउछिन । अहिले म्युजिक भिडियोमा समेत आफै मोडलिंग गर्छिन । गायिका चलाउने छोटो समयमा नै सबै सामु चिरपरिचित हुदैँ फड्को मार्न सफल भएकी छन । उनका गीतहरु एकपछि अर्को गर्दै दर्शक र श्रोता माझ अत्याधिक रुचाइएका छन् भने मेला महोत्सव र स्टेज कार्यक्रमहरु लगायत देश बिदेशमा पनि गायिका चलाउनेको माग बढ्दो छ ।
बर्दियाबाट उत्साहित भबिश्यका लागि काठमाडौ प्रवेश गरेकी चलाउने एकाएक कलाकारिता क्षेत्रमा लागेको बताउछिन । रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि साथीहरुको हौसल्ला र प्रेरणा संगै आफुले पनि गर्न सक्छु भनेर यो क्षेत्रमा लागेको उनकाे भनार्इ छ । गायिका झट हेर्दा राम्री र मिठो स्वरकी धनी छन । केहि समय अगाडि कुसे न्युजले तयार गरेकाे साप्ताहिक प्रस्तुतीकाे याे बृतान्त …..
१.तपाँइको जन्म कुन ठाँउ र कस्तो परिवारमा भयो ?
मेरो जन्म अछाममा भएको हो । बाल्यकाल बर्दियामा बित्यो ,मध्यम बर्गिय परिवारमा जन्मिएको हुँ ।
२.तपाँइ कसरी यो क्षेत्रमा प्रबेश गर्नु भयो ?
पत्रकारीता बिषय लिएर पढिरहेके थिएँ । अभ्यासका लागि रेडियाे नेपालमा गाएकाे थिएँ । स्वर परिक्षणमा पास भएँ । अनि रूचि पनि थियाे गित संगितमा एउटा अाधार बन्याे रेडियाे नेपालकाे स्वर परिक्षण गित संगितमा प्रबेश गरेँ ।
३.तपाँइको जिवनमा भोगेको सबैभन्दा कठिन अबस्था र तपाँइको जिवनको सबैभन्दा गर्व गर्न लायक अनुभुती ?
एकदमै कठिन अबस्था त खासै छैन सुरूवाती दिनहरूमा अलिअलि गाराे भएकाे थियाे रेडियाे नेपालबाट स्वर परिक्षा पास भैसकेपछि म याे क्षेत्रमा प्रबेश गरे त्याे भन्दा अगाडि मलाई गायक बन्छु भन्ने कहिल्यै लागेकाे थिएन । याे क्षेत्रमा लागे अहिले जे छु त्यहि कारणले छु जस्ताे लाग्छ । किनकी मेराे म्युजीक करिएर त्यहाँबाट सुरू भयाे । सम्झीदा खुसी लाग्छ त्यही माध्यामले अाज यहाँ पुगेकाे छु ।
४.आफुलाई सफल बनाउन तपाँइले गरेको सबैभन्दा महत्वपुर्ण कुरा ?
म सफल भैसकेकाे छैन । तर काेशीस गरीरहेकी छु । संघर्ष गर्न छाडेकी छैन निरन्तर लागिरहेकी छु राम्रा गितहरूका साथ अाउने प्रयास गरिरहेके छु ।
५.जिवनमा पछुतो लाग्ने प्रसंग ?
त्यस्ता कुनै क्षण छैन पछुताे लाग्ने ।
६. तपाँइले यदी बाल्यकाल पाउनु भयो भने जिवन कसरी अगाडी बढाउनु हुन्थ्यो ?
यदी मैले बाल्यकाल पाए भने अरू सब ठिक छ तर बाल्यकाल देखि नै म्युजिकमा लाग्थेँ सिक्थे किनकी मैले सानाे बेलामा गायिका बन्छु भन्ने कहिल्यै फिल भएन । शाे त्याे कुरालाई मिस गर्छु । यहि क्षेत्रमा लाग्ने भए सानै देखि लागेकाे भए हुँदाेरहेछ जस्ताे लाग्छ ।
७.तपाँइले पहिलो पटक सेक्स कहिले गर्नु भयो र सेक्स तपाँइको अनुभुतिमा के हो ?
सेक्स प्राकृतिक कुरा हाे । हाम्राे संस्कारमा याे बताउने कुरा हाे जस्ताे लाग्दैन ।