राजधानीबाट जनअदालतको फैसला सुरू, ४ रोपनी जग्गा कब्जा
नेपाल कम्युनिष्ट पार्टीले ललितपुरमा चार रोपनि जग्गा कब्जा गरेको छ । जिल्ला पार्टी ललितपुरले गोदावारी नगरपालीका वडा नम्बर १० का रामबाबु विष्टको चार रोपनी जग्गामा झण्डा गाँडेर कब्जा गरेको हो ।
गोदावारी नगरपालीका वडा नम्बर ६ का बुद्ध नारायण महतको विभिन्न चरणमा गरेर धितो वापत रजिस्टेशन पास गराई अर्कैलाई बेचेर खाएपछि नेकपाले उनको जग्गा कब्जा गरेको हो ।
महतले २०५२ सालमा २–८–०–० आना एक लाखमा धितो राखेकोमा २०५३ मा समझदारीबाट बिष्टलाई रजिस्टेशन पास गरिदिएका थिए ।
२०५५ सालमा पुनः केहि जग्गा थप्न आग्रह गरेर विष्ठले १३ र १४ आना जग्गा लिएका थिए । तर २०५६ सालमा महतले आफ्नो जग्गा फिर्ता माग्दा नदिएर उल्टै २–८–०–० मध्ये १३ आना र १३ आनाबाट ७ आना जग्गा बेचेर विष्टले खाएका थिए ।
पीडित महतले दिएको उजुरीको अाधारमा जनअदालतको फैसलाअनुसार उक्त जग्गा कब्जा गरिएको नेकपा ललितपुरले जनाएको छ ।