दसैँ बुकिङमा बार्गेनिङ : यस्ता छन् व्यवसायीका पाँच माग
प्रकासित मिति : २०७४ भाद्र २३, शुक्रबार ०१:०५
प्रकासित समय : ०१:०५
यातायात व्यवसायीले अनावश्यक माग राख्दै पूर्वसहमति विपरीत दसैंका लागि अग्रिम टिकट बुकिङ खुला थर्न आनाकानी गरेका छन् ।
विभिन्न समितिमार्फत गैरकानुनी सिन्डिकेट चलाउँदै आएका व्यवसायीले दसैंको मुखमा टिकट बुकिङ खुलाउन आनाकानी गरको हुन् । आजको नागरिक काष्ठमण्डपमा खबर छ ।
सरकारी अधिकारी, उपभोक्ता अधिकारकर्मी र यातायात व्यवसायीबीचको सर्वपक्षीय सहमति तोड्दै उनीहरुले बिहीबारदेखि सुरु गर्ने भनिएको अग्रिम बुकिङ नखोलेका हुन् । व्यवसायीले बुकिङ नखुलाएपछि विभिन्न टिकट लिन पुगेका यात्रु निराश भएर फर्केका छन् ।
व्यवसायीका पाँच माग यस्ता छन् ।
-भाडा समायोजन हुनुपर्ने ।
-साविकका १४ वटै अञ्चलमा लामो दूरीका सवारी साधनको जाँचपास हुनुपर्ने ।
-सवारी साधनको छतमा सामान बोक्न पाउनुपर्ने ।
-सडकको मर्मत सम्भार गर्नुपर्ने ।
-सडकमा उद्धार उपकरण (रेस्क्यु मेसिन) राख्नुपर्ने ।