भारतबाट काठ तस्करी : नियन्त्रण गर्न धौ-धौ

कपिलवस्तु – सीमावर्ती भरतको बलरामपुर जिल्लास्थित सुहलेवा वनबाट डेढ महिनायता नेपालतर्फ सिसौ काठको तस्करी बढेको छ । तस्करले सीमापारीबाट ल्याएका काठ जिल्लास्थित व्यवसायीलाई बिक्री वितरण गरिरहेको खुलेको छ ।

सीमास्थित अर्ररा नदी तरेर राति उनीहरुले सिसौका गोलिया भित्रयाउने गरेका छन् । आजको कान्तिपुरमा खबर छ । ठकुरापुर इलाका वनका सहायक वन अधिकृत नागेन्दै सिंहले भने,

-खुला सीमा र बर्षायामको फाइदा उठाउँदै तस्करले नेपाली भूमीलाई सेल्टर बनाएका छन् । -नियन्त्रण गर्न धौ-धौ भएको छ ।

-सुराकी पाउँदा मात्र पक्राउ गर्न सम्भव भएको छ । -हामीलाई देख्नासाथ तस्कर गाडा र साइकल छाडेर भाग्छन् । -अहिलेसम्म तस्कर पक्राउ गर्न सकेका छैनौं । -प्रहरीको सहयोग पाएमा पक्राउ गर्न सक्छौं ।