यसपटक निम्तो आएन नेपाललाई

यसपटक चीनमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपालले निम्तो नपाएको बुझिएको छ । गत बर्ष भारतको गोवामा सम्पन्न ८ औं सम्मेलनमा अतिथि राष्ट्रका रुपमा सहभागिता जनाएको नेपालले यसपटक भने निम्तो नपाएको हो ।

९ औं ब्रिक्स सम्मेलन आउँदो बिहीबारदेखि चीनको फुजियान प्रान्तमा शुरु हुँदैछ । ब्रिक्स उज्वल भविष्यका लागि अझ बलियो साझेदारी भन्ने नाराका साथ सम्मेलन आउँदो सोमबारसम्म हुने भएको छ ।