चुनावको लागि,वीरगन्ज झरे दलहरु
प्रकासित मिति : २०७४ भाद्र १३, मंगलवार ००:५४
प्रकासित समय : ००:५४
प्रदेश नम्बर दुईको एक मात्रै महानगरपालिकाको नेतृत्व हत्याउनका लागि नेपालका सबै राजनीतिक दलहरु अहिले वीरगञ्ज झरेका छन् । उनीहरुले गरिरहेको गतिविधिका कारण वीरगञ्जको चुनावी सरगर्मी पनि एक सय ८० डिग्रीको फन्को मारेको पाइएको छ ।
भदौको दोस्रो साता लाग्दै गर्दा प्राकृतिक गर्मी भने वीरगञ्जमा कम हुँदै गइरहेको छ भने चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अहिले वीरगञ्जमा सबै पार्टीका शिर्ष नेताहरुले घरदैलो अभियान नै सञ्चालन गरिरहेका छन् ।