सेनालाई लोकसेवा परीक्षा फलामको चिउरा : धमाधम भए फेल

नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने भन्दा अनुत्तीर्ण (फेल) हुनेको संख्या अत्यधिक हुने गरेको छ ।

नेपालको संविधान २०७२ ले निजामती सेवाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरकारद्वारा गठित सबै संगठित संस्थामा पदपूर्तिको जिम्मेवारी लोकसेवा आयोगलाई दिएपछि आयोगले सेनालगायत विभिन्न ९८ वटा संगठित संस्थामा पदपूर्ति गर्न थालेको हो । ती निकायमध्ये सबैभन्दा कम उत्तीर्ण नेपाली सेनामै हुने गरेको आयोगले जनाएको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको परीक्षा प्रणालीलाई आत्मसात गरेर अगाडि बढ्न सके सफलता हासिल गर्न कठिन नहुने बताउँछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।