अझै सुरु भएन टिचिङमा,निशुल्क मिर्गौला प्रत्यारोपण
प्रकासित मिति : २०७४ भाद्र १२, सोमबार ०१:१९
प्रकासित समय : ०१:१९
सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा ल्याएको ५ महिना बित्दा पनि त्रिवि शिक्षण अस्पताल टिचिङ ले भने यो सेवा दिएको छैन । बैशाख १ देखि लागु हुने गरी मिर्गौला प्रत्यारोपण सेवा निशुल्क हुने सरकारले घोषणा गरेको थियो ।
टिचिङ नेपालको सबैभन्दा पुरानो र धेरै मिर्गौला प्रत्यारोपण हुने केन्द्र पनि हो । साता अघिदेखि अस्पतालअन्र्तगत सामाजिक सेवा एकाईको ढोकामै सुचना टाँसेर अस्पतालले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा दिन नसक्ने जनाएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।