देउवाले आफ्नै प्रतिवद्धताको बचाउ यसरी गरे
प्रकासित मिति : २०७४ भाद्र १२, सोमबार ०१:२३
प्रकासित समय : ०१:२३
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासंग गरेको प्रतिवद्धताको बचाउ गरेका छन् । भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आईतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले के बोल्ने के नबोल्ने भन्ने वियषमा पहिल्यै नीति बनाउनुपर्ने बताए ।
पहिलो निति बनाउ, विदेश गएर नबोल्ने भन्या छ र ? देउवाले भने नत्र कसलाई सोधेर जाने ? उनले नेताहरुले के बोल्ने र नबोल्ने विषयमा कोड अफ कन्डक्ट निर्माण हुनुपर्ने बताए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।