डोक्लाम विवाद बारे विदेशी लेखक यस्तो भन्छन् – द्धन्द्ध चीन र भारतबीचको हो
सन् १९७० मा प्रकाशित ‘इण्डियाज चाइना वार’ लाई सन् १९६२ मा भएको चीन–भारत युद्धको आधिकारिक विश्लेषण मानिन्छ । आफ्नो सो कृतिमा लेखक नेभिल्ले मेक्सवेलले त्यत्तिबेला भारतले चीनलाई सिमाना युद्धमा धकेलेको औंल्याएका छन् । चीन र भारतबीचको सिमाना विवाद किन अझै समाधान हुन सकेको छैन ? सन् १९६२ को सिमाना युद्धको भारतीय जनताका विभिन्न तप्कामा परेको प्रभावबारे हामीले कसरी व्याख्या गर्नुपर्दछ ? दोक्लाम क्षेत्रमा भएको दुई पक्षीय तनाव कसरी समाधान गर्न सक्छौं ? यी विविध विषयमा ग्लोबल टाइम्सका अस्टे«लिया संवाददाता लि फेङले लेखक मेक्सवेलसँग लिएको अन्तर्वार्ता प्रस्तुत छः
ग्लोबल टाइम्सः चीन र भारत दशकौंदेखि सिमाना विवादमा फसेको छ । तपाईको दृष्टिकोणमा सिमाना विवादको सन्दर्भमा दुई देशका बुझाईबीच कति भिन्नता छन् ?
मेक्सवेलः चीन र भारतबीचको सिमाना विवाद कहिल्यै समाधान भएको छैन । मुख्य रूपमा तपाईले यो कुरामा प्रष्ट हुन जरुरी छ । दुई देशबीचको रेखा वा क्षेत्रलाई सिमाना बनाउने एउटा निश्चित कुटनीतिक प्रतिक्रिया हुने गर्दछ । अहिले भारत र चीनबीचको हजारौं किलोमिटर सिमानामध्ये दुई पक्षलाई स्वीकार्य भएको कुनै क्षेत्र छैन अथवा भनौं सबै क्षेत्र विवादित छन् । दुवै पक्षबीच सिमाना कहाँ हुनुपर्ने हो भन्ने विषयमा मतभेदहरू छन् । भारत इतिहास, लोकाक्ति र वर्तमान अवस्थामा आधारित रहेर आफ्नो सिमाना कहाँ पर्छ भन्ने कुराको निर्णय गर्न पाउनु आफ्नो अधिकार भएको ठान्ने गर्दछ । भारत आफ्नो नियन्त्रणमा रहेको रेखा नै सिमाना बनाउन चाहन्छ । अर्कोतिर चीनका धेरै अरू छिमेकीहरू छन् । चीनको सिमाना चौध वटा देशहरूसँग जोडिएको छ । र, धेरै अघि नै चीनले सहमतिको सिमाना रेखा पहिल्याउन छिमेकी देशहरूसँग वार्ता थाल्ने कामको शुरुवात गरिसकेको थियो । तर भारतले भने यसको विपरीत दृष्टिकोण राख्दै आएको छ ।
भारतले आफूले नै आफ्नो सिमाना निर्धारण गर्ने र थोपर्ने निर्णय गर्दै आएको देखापर्दछ । चिनियाँहरूले निकै बुद्धिमत्तापूर्वक छिमेकी देशसँगको संवादमार्फत् सिमाना तय गर्ने निर्णय गरेका छन् । परिणामतः चीनसँग सिमाना जोडिएका १४ वटा देशहरूमध्ये १२ वटासँग सिमाना सन्धि भइसकेको छ भने भारत र भुटानसँग मात्र सिमाना सन्धि हुन बाँकी छ । किन ? किनभने भारत र भुटान वार्तामै बस्न चाहँदैनन् । दुवैले भन्दै आएको छ,‘ सिमाना कहाँ पर्छ, हामी भन्नेछौं ।’ यही कारण समस्याको समाधान टाढा बन्दै गएको हो । भारत र चीनबीचको सिमाना विवाद कहिल्यै समाधान भएको छैन ।
ग्लोबल टाइम्सः तपाईले आफ्नो पुस्तकमा भारतसँग आफू एउटा निर्दोष शिकार बनेको मानसिकता भएको लेख्नुभएको छ । चीनसँग सन् १९६२ मा भएको सिमाना युद्धयता भारतलाई यही छायाँले लखेट्दै आएको छ । किन यो छायाँले सताइरहेको छ ?
मेक्सवेलः युद्धमा भोग्नुपरेको पराजयका कारण जन्मिएको तीतो हिनताबोध हो यो । सन् १९६२ मा भारत आफू जित्ने विश्वासका साथ चीनसँगको युद्धमा होमिएको थियो । तर उसको त्यो सपना भङ्ग हुन एक महिना पनि लागेन । भारतले पूर्णतः अपमानजनक पराजय भोग्नुप¥यो । भारतको त्यो पराजयले त्यहाँको राजनीतिक वर्गमा अहिलेसम्म गहिरो खत छोडेको छ र सन् १९६२ को पराजयको तीतोपना भारतको राजनीतिक सम्भ्रान्त वर्गको चेतनामा अपुरणीय चोट पु¥याएको छ ।
त्यस्तो तीतोपनाका कारण भारतसँग केही गरेर देखाउने वा प्रतिशोधको भावना आएको देखापर्दछ । भारतको राजनीतिक संरचनामा यो एउटा निकै खतरनाक बानी हो । भारतसँग फेरि एक पटक दोस्रो लडाई होस् जसमा भारतले विजय हासिल गर्न सकोस् भन्ने भावना पलाएको हुनसक्छ, । विशेषतः भारतीय सेनामा रहेको यो खतरनाक मनोवैज्ञानिक रोग हो ।
चीनविरुद्ध लडाई लडेको पुस्तालाई भारतकै कारण त्यो द्वन्द्व चर्केको थाहा छ । तर नयाँ पुस्ताका भारतीय सिपाहींलाई यसबारे थाहा छैन । चीनसँग एक दिन बद्ला लिनु नै आफ्नो तयारीको सार भएको उनीहरू सोच्छन् । भारतका जनता र बुद्धिजीवीलाई भारत सरकारले चीनले आफुमाथि अचानक ‘पिठ्युमा चक्कु हमला गरेको’ भनी प्रचार गरेको छ ।
यो गलत व्याख्या हो किनभने जवाहरलाल नेहरु नेतृत्वको भारत सरकारले आफूभन्दा बलियो शक्तिसँग भिड्न भारतीय सेना पठाएको थियो । फलतः भारतले स्वाभाविक पराजय भोग्नुपरेको थियो । तर नेहरु यो सत्य स्वीकार्न तयार भएनन् । अनि चीनले भारतलाई अचानक हमला गरेको झुठको आवरण दिइयो । भारतीय जनता र भारतीय राजनीतिक वर्गलाई गलत विश्वासमा भुलाइएको छ ।
ग्लोबल टाइम्सः चीन–भारत सिमाना विवादको सम्बन्धमा तपाईले लेख्नुभएको पुस्तकलाई आधिकारिक कृति मानिन्छ । पुस्तक सन् १९७० को दशकमा प्रकाशित भयो । मलाई लाग्छ, त्यत्तिबेला सम्पूर्ण संसार चीनको विरोधमा भारतको पक्षमा उभिएका थिए । किन त्यसो भएको थियो ?
मेक्सवेलः त्यत्तिबेलासम्म संरा अमेरिकाले जनवादी गणतन्त्र चीनलाई अवैधानिक राज्य मानेको थियो । जनवादी गणतन्त्र चीनले चीनको प्रतिनिधित्व गरिरहेको थिएन र कोमिङताङलाई चीन मानिएको थियो । भारतीयहरूलाई पश्चिमाको समर्थन थियो किनभने सबैले चीनलाई अवैध राज्य मानेका थिए । त्यही भएर भारतले आफूमाथि चीनले हमला गरेको भन्ने बित्तिकै पश्चिमा देशहरूले विश्वास गरिहाले ।
ग्लोबल टाइम्सः चीन र भारत सिमानाको सिक्किम खण्डबारे सन् १८९० मा बेलायत र चीनबीच सिक्किम र तिब्बतको सिमानाबारे भएको सीमा सन्धिमा प्रष्ट व्याख्या गरिएको छ । भारत स्वतन्त्र भएयता पनि भारत सरकारले पटक–पटक लिखित रूपमा चीनसँग उसको सिमाना सिक्किम खण्डसँग जोडिएको सीमाना नै भएको स्वीकारेको छ । तर यो पटक भारतीय सशस्त्र बल त्यही क्षेत्रबाट चीनमा प्रवेश ग¥यो । आफ्नो क्षेत्रमा चीनले सडक बनाएको भन्दै भारतीय सशस्त्र बलको चीन प्रवेशलाई सही ठह¥याउनज खोजिएको छ । साथै चीनले अहिले बनाएको बाटो सिलिगुरी कोरिडर नजिक भएको भन्दै उनीहरू आफ्नो चिनियाँ भूमि प्रवेशलाई सही ठह¥याउन खोजिरहेका छन् । तपाईको बुझाई के हो यो विषयमा ?
मेक्सवेलः त्यो स्वीकार्य व्याख्या हुन सक्दैन । चीनले अझ आक्रामक रूपमा प्रतिक्रिया दिएको भए पनि त्यो आश्चर्यको विषय बन्ने थिएन । त्यो चिनियाँ भूमिमा घुसपैठ नै हो । तर त्यसलाई सैनिक द्वन्द्वमा बद्ल्न दिनु हुन्न । मलाई लाग्छ, यो विषयले दुई देशबीच लडाईसमेत भड्काउन सक्छ । तर मेरो विचारमा दुवै पक्षमध्ये कोही पनि युद्ध भोग्ने पक्षमा भने छैनन् ।
ग्लोबल टाइम्सः हजारौं वर्षदेखि चीन र भारतबीच धेरै–धेरै विवाद र द्वन्द्व हुँदै आएका छन् । कहिलेकाहीं त लडाई पनि भए ।
मेक्सवेलः तर सौभाग्यवश कसैले पनि ट्रिगर भने दबाएको छैन ।
ग्लोबल टाइम्सः तर यो पटक घटना अलि फरक छ किनभने अहिलेको विषयमा दक्षिण एसियाको एउटा सानो देश भुटान पनि संलग्न छ ।
मेक्सवेलः मलाई लाग्दैन कि त्यो महत्वपूर्ण पक्ष होइन । मूल कुरामा परिवर्तन बिना त्यो निकै सामान्य परिवर्तन मात्र हो । सारमा अहिलेको द्वन्द्व भारत र चीनबीचको द्वन्द्व नै हो । भुटान त भारतको कठपुतली हो ।
भुटानले आफ्ना दुवै विशाल छिमेकीहरू भारत र चीनसँग राम्रो सम्बन्ध राख्न चाहनु स्वाभाविक हो । भुटानको चीनसँग कुटनीतिक सम्बन्ध छैन किनभने भारतले उसलाई चीनसँग कुटनीतिक सम्बन्ध राख्न अनुमति नै दिएको छैन । भुटानभित्रै भारतीय सेना राखेर भारत सरकारले भुटानमाथि नियन्त्रण जमाएको छ ।
ग्लोबल टाइम्सः भुटानमाथि नियन्त्रण गर्न भारतसँग के कुनै अन्तर्राष्ट्रिय कानुनी आधार छ ?
मेक्सवेलः अहँ छैन । तर भुटानभित्र भारतका पन्ध्र हजार फौज छन् र उनीहरूमार्फत भारतले भुटानमाथि कब्जा जमाएको छ ।
भुटानमा नै भारतीय सेना छ । भुटानले यो विषयमा संरा सङ्घमा उठाउन सक्दछ र उजुरी गर्न सक्दछ । तर उनीहरू त्यसो गर्दैनन् । भुटानीहरू चुपचाप भारतीय प्राधिकार सहेर बस्न बाध्य छन् । उनीहरूसँग अर्को विकल्प छैन ।
ग्लोबल टाइम्सः दोक्लाम क्षेत्रमा भइरहेको सैनिक आमनेसामनेलाई ध्यानमा राखी चीनलाई भारतसँग कस्तो व्यवहार गर्न सुझाव दिनुहुन्छ ?
मेक्सवेलः धैर्यता र तर्क । भारतलाई यो विषय चीनको लागि ज्यादै महत्वपूर्ण विषय हो भन्ने कुरा बुझाउनुपर्दछ । यदि भारत सरकारले द्वन्द्व थप उछाल्ने तरिकाबाट अघि बढ्दैन भने चीनले धैर्यता कायम राख्नुपर्दछ र राम्रो परिणाम आउने आशा गर्नुपर्दछ । यो विषयलाई सालिन तरिकाले समाधान गर्नतिर जानुपर्दछ । अहिलेको अवस्था खतरनाक अवस्था हो भन्ने कुरा पनि प्रष्ट बनाउनुपर्दछ ।
ग्लोबल टाइम्सः वर्षौ–वर्षसम्म चीनले कहिले पनि भारतलाई आफ्नो प्रतिस्पर्धी र शत्रुको रूपमा हेरेको पाइएन । चीनले सधैं भारतलाई आफ्नो मित्रको रूपमा लिएको छ किनभने भारत र चीन दुवै तेस्रो विश्वका देशहरू हुन् । तर भारतले सधैं चीनलाई ‘होइन म तिम्रो शत्रु नै हुँ’ भन्दै गरेको देखिन्छ ।
मेक्सवेलः किनभने भारतीय जनतालाई सन् १९६२ मा चीनले उनीहरूमाथि हमला गरेका भनी गलत सन्देशलाई विश्वास गर्न लगाइएको छ । जब कि सत्य भने अरू नै केही छ । तर भारतीयहरू अझै त्यो सत्यलाई विश्वास गर्दैनन् । उनीहरू अझै आफू सन् १९६२ को पीडित पक्ष भएको विश्वास गरिरहेका छन् ।
ग्लोबल टाइम्सः भारतभन्दा चीन बलियो छ । चीन र भारतबीच अर्को लडाई भए त्यो निकै विध्वंसकारी हुने पक्का छ । तर चीनले नै त्यो लडाई जित्नेछ किनभने चीन बलियो देश हो । तपाईको विचार के छ ?
मेक्सवेलः यो कुरामा म सहमत छु तर भारतीयहरू सहमत छैनन् ।
ग्लोबल टाइम्सः भारतीयहरू निकै आत्मविश्वासी भएको देखापर्दछ । उनीहरूमा यो आत्मविश्वास कहाँबाट आएको जस्तो लाग्छ ?
मेक्सवेलः गौरव, आफ्नो देशको शक्तिप्रतिको गौरव । तर जे भए पनि यी दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध आवश्यक छ । दुःखको कुरा भारतीय जनतालाई चीनप्रति शत्रुको रूपमा हेर्ने गलत दृष्टिकोणले दोहो¥याइएको छ ।
ग्लोबल टाइम्सः दक्षिण एसियामा भारतको प्रभाव दक्षिणपूर्व एसियामा चीनको प्रभावभन्दा बलियो छ । तपाईको विचारमा दक्षिण एसियामा भारतीय शक्तिको स्रोत के हो ?
मेक्सवेलः उसको आकार, उसको आर्थिक प्रभुत्व र सारमा त्यो क्षेत्रमा भारत सबभन्दा ठूलो सैनिक शक्ति हुनु नै यो शक्तिको स्रोत हो भन्ने मेरो अध्ययन छ ।
स्रोत ग्लोबल टाइम्स(२०१७ अगस्त १७)
नेपाली अनुवादः नीरज