जब रोल्पालीहरूका घरघरमा तरकारी फल्न सुरू गर्यो……

हाेलेरी,कुनैबेला सशस्त्रद्भन्दले थिलाथिला परेकाे राेल्पाले बिस्तारै काँचुली फेर्न थालेकाे अाभाष हुन थालेकाे छ । द्धन्दका कारण तहसनहस बनेका राेल्पालीहरू यतिबेला कुनै न कुनै पेशामा ब्यस्त देखिन्छन । त्यस्तै  हिजोआज रुन्टीगढी ७ गैराकी अम्मु पुन निकै व्यस्त हुनुहुन्छ । उहाँ १०–४ स्कुल मात्र भ्याउनुभएको छैन, घरमा तरकारी फलाउनुभएको छ । अम्मु १०–४ वाहेक साँझ विहान वचेको समय घरवारीको तरकारीलाइ हेरचाह गर्दै शिक्षक र किसानको दुवै भुमिका निभाइरहनुभएको छ । दिनभर स्कुलमा व्यस्त रहेर पनि साँझपख तरकारीमा आफ्नो जाँगर पोखिरहेकी अम्मुलाइ २ छोराहरुको भविष्यकै लागी यो सव गर्नुपर्ने अवस्था रहेको हो । माइतमा हुँदा दुख नगरीकनै स्कुलै दौडिन्थे, तर वैवाहिक जीवनले यसरी दुख गर्न र आफै केही गर्नपर्छ भन्ने भावना जागृत गराएको उहाँ वताउनुहुन्छ ।

विवाहपछिको जीवन सरल नभएपछि उहाँ शिक्षण र तरकारी उत्पादन गरी २ छोराको गास जुटाउँदै उनीहरुको भविष्यको रेखा कोर्न पसिना वगाउँदै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ  ̔वर्षमा २ पटक तरकारी खेती गर्छु, एक सिजनमा २० हजार भन्दा वढि पैसा कमाउँछु, यसरी नै छोराहरुलाइ स्कुल पढाएर सुमार्ग देखाउने एउटा माध्यम वनेको छ । उहाँको बारीमा अहिले सिमी, टमारटर, काउली र बन्दा फलेर हरियाली देख्न सकिन्छ ।

जीवन धान्न मात्र नभइ अन्य कारोवार गर्न पनि तरकारी खेतीले भ्याएको उहाँको भनाइ छ । यस्तै सोहीं गाउँका युवा बिमल बुढाको दैनिकी पनि त्यत्तिकै व्यस्ततामा वितिरहेको छ । केहि महिनापहिले विदेशवाट नेपाल फर्केका बिमल यतिवेला कृषिमा व्यस्त रहनुभएको छ ।

̔स्वदेश आएपछि आमाको काखैमा हाँस्न पाएको छु , उहाँको हातको खाना पनि खान पाएको छु अनी तरकारी, च्याउ र कुखुराहरुको स्याहारसुसारमा ब्यस्त बिमल भन्नुहुन्छ । अम्मुको जस्तै बिमलको बारीमा पनि टन्न टमाटर फलेका मात्र छैनन् कोइलर चल्ला हुर्किरहेका छन अनी च्याउँ पनि फलेकै छ ।

आफ्नो कर्मप्रति खुशी देखिने बिमललाइ गाउँमा जाँडरक्सी खाएर मात्तिनेहरुको कहानी सुन्नुपरेको छैन, काम नपाएर हल्लिनु परेको पनि छैन । बरु गतिलो समय मेहेनतमै वितेकोमा खुशी व्यक्त गर्नुहुन्छ बिमल । उहाँहरु जस्तै गैरागाउँका अधिकाँश घरमा हरिया र ताजा तरकारी उत्पादन हुने गरेको छ । जागिर गर्नेहरु जागिरमा, विदेश गएकाहरु विदेशमा व्यस्त छन भने घरमा रहने महिला, वालवालिका र वुढावुढीहरु पनि तरकारी खेतीमा व्यस्त देखिन्छन ।

तरकारी खेतीवाट नुन तेल किन्न समस्या छैन, केटाकेटी स्कुल फि तिर्न के गरौं भन्ने चिन्ता छैन यहाँका स्थानीयलाइ । वेमौषमी तरकारी सिमी, टमारटर, वन्दा, काउली लगाएतका तरकारी फलाउँदै आएका यहाँका किसानले छिमेकी बजार होलेरी, सदरमुकाम लिवाङ, दाङ लगाएतका जिल्लामा तरकारी पुर्याउँदै आएका छन ।