विहारमा अलपत्र कन्टेनर भन्टाबारीबाट ल्याइने
प्रकासित मिति : २०७४ भाद्र ८, बिहीबार ०१:०४
प्रकासित समय : ०१:०४
भारतको विहारस्थित फारबीसगन्ज जोगवनी सडकखण्डमा अलपत्र मालवाहक गाडी भीमनगर – भन्टाबारी छोटी भन्सारको बाटोबाट नेपाल ल्याइने भएको छ । यस विषयमा नेपाल र भारत सरकारबीच सहमति भएको छ ।
आयात-निर्यातका लागि मेरुदण्डका रुपमा रहेको भारत विहारको फरबीसगन्ज – जोगवनी सडकखण्डमा पर्ने परमान नदीको मिरगन्ज पुल बाढीका कारण भासिएपछि नेपालतर्फ आउँदै गरेका एक हजारभन्दा धेरै कन्टेनर र मालवाहक गाडी चार दिनदेखि अलपत्र परेका थिए ।