साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके दुबइमा पक्राउ

गत पुसमा त्रिभुवन विमानस्थलबाट पास भएपछि नियन्त्रणमा लिइएको साढे ३३ किलो सुन तस्करीका मूख्य नाइके राजन प्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको छ । पन्तलाई दुबइमा पक्राउ गरी काठमाडौं ल्याएको छ । युएई प्रहरीको सहयोगमा नेपाल प्रहरीले पन्तलाई आबुधाबीमा पक्राउ गरेर नेपाल ल्याएको हो ।

२०७३ साल पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भईसकेको १५ करोड रुपैयाँ बराबरको उक्त सुन प्रहरीले गौशालाबाट नियन्त्रणमा लिएको थियो । उक्त सुन काण्डमा यस अघि नै केही ब्यक्तिहरु पक्राउ परिसकेका छन् ।