सुरक्षा निकायको ध्यान बाढीपहिरोमा, तस्करीहरू ध्यान काठ तस्करमा

सुरक्षा निकायको ध्यान बाढीपहिरोका घटनामा केन्द्रित भएको मौका छोपी काठ तस्कर सक्रिय हुन थालेका छन् । छिमेकी जिल्ला धनुषासम्मका तस्करले महोत्तरीको भूमि काठ ओसारपसारमा प्रयोग गर्न थालेको पाइएको छ ।

वर्दिवास नपाअन्तर्गत पाटुनजिकको बीपी मार्गमा शनिबार धनुषाको बाहुनमारानजिकबाट आएको ट्रकमा तस्करीको काठ बरामद भएको छ ।