त्रिचालीस सन्तानकी एक्ली आमा
उर्लाबारी–७ की मीनादेवी बरालका ४० भन्दा बढी आश्रित सन्तान छन् । आफ्नै कोखबाट नजन्मिए पनि तिनलाई उहाँले आमाबुबाको भन्दा कम माया भने दिनु भएको छैन । बरालको दैनिकी नै हो, ती बालबालिकाको हेरचार गर्नु । काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिका यहाँ छन् ।
बरालको १० वर्षकै उमेरमा विसं २०२२ मा ताप्लेजुङमा विवाह भयो । पहाडको विकट ठाउँमा विवाह भएपछि उहाँले धेरै दुःख पीडा भोग्नुप¥यो । पढ्ने उमेरमा विवाह गरेर उहाँले धेरै संघर्ष गर्नुभयो तर वैवाहिक जीवन सफल हुन सकेन । लामो समयसम्म संघर्ष गर्दा पनि श्रीमान्ले अरु दुई श्रीमती थपेपछि बाध्य भएर समाज सेवामा लागेको उहाँले सुनाउनुभयो ।
आफूले सानैमा विवाह गर्दा भोगेका पीडालाई सम्झिएर अरु अनाथ बालबालिकाले त्यस्तो पीडा भोग्नु नपरोस् भन्ने उद्देश्यले विसं २०५७ देखि उहाँको सोचमा उर्लाबारीमा नमूना बालगृह (आश्रम) स्थापना भयो । सुरुमा सात अनाथ बालबालिकालाई आश्रय दिएर सञ्चालन गरिएको उक्त बालगृहमा अहिले तीन वर्षदेखि १९ वर्षसम्मका ४३ बालबालिका बस्छन् जसमा २०÷२५ जिल्लाका चेपाङदेखि लोपोन्मुख सन्थाल जाति गरी १५ जातजातिका छन् ।