सरकारले बाढीपीडितलाई प्रतिव्यक्ति दैनिक ७० रूपियाँ दिने

सरकारले वाढी वाट प्रभावितलाई राहत स्वरुप प्रति व्यक्ति दैनिक ७० रुपैया दिने भएको छ । गृह मन्त्री जनार्दन शर्माले वाढी वाट प्रभावित भएकालाई प्रति व्यक्ति ७० रुपैया दिने निर्णय भएको जानकारी दिए । पिडित वनेका व्यक्तिहरुले आफुलाई आवश्यक पर्ने खाद्य सामाग्री लगायतका चीजहरु आफै किन्न सकुन भनेर दैनिक ७० का दरले ३० दिनको एकमुष्ट रकम २१ सय रुपैया भोलि देखि नै दिने भएको छ ।

गृह मन्त्रालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले निकास गरेको १ अर्व रुपैया गृह मन्त्रालय आइपुगेको वताए । प्रति व्यक्ति एकमुष्ट वितरण गर्ने आवश्यक पर्ने रकम गृह मन्त्रालयले जिल्ला जिल्लामा पठाइसकेको गृह मन्त्री शर्माले जानकारी दिए ।

गृह मन्त्रालयका अनुसार २ भदौ सम्म वाढी पहिरोमा परि १ सय ३५ जनाको मृत्यु भइसकेको छ भने ३० जना वेपत्ता भएका छन् । यसैगरि ४१ जना घाइते भएका छन् भने ७९ हजार ८ सय १२ वटा घर पुर्ण रुपमा क्षति भएका छन । यसैगरि १ लाख ४ हजार ४ सय २५ घर आशिंक रुपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।