चीनियाँ उपप्रधानमन्त्री फर्किएपछि भारतीय प्रधानमन्त्री मोदीकाे यस्तो घोषणा

चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालको चार दिने भ्रमण पूरा गरी स्वदेश फर्किएको भोलिपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आर्थिक सहयोगको घोषणा गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार टेलिफोन गरी बाढीपीडितका लागि २ सय ५० मिलियन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । भारतीय प्रधानमन्त्री मोदीले आफूलाई फोन गरी उक्त सहयोग गर्ने प्रतिवद्धता जनाएको भन्दै प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत खुशी ब्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले समाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट भारतीय समकक्षी मोदीले बाढी–पहिरोबाट प्रभावितहरुका लागि २५० मिलियन सहयोग गर्ने टेलिफोनमा बताएको जानकारी दिएका हुन् । प्रधानमन्त्री देउवासँगको टेलिफोन वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःखसमेत व्यक्त गरेको पनि देउवाले बताए ।

शुक्रबार साँझ ६ बजे भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर हालै आएको बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भारत सरकारको तर्पmबाट २५ करोड रुपैयाँबराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।