यसरी एकाएक किन अाकाशियाे तरकारीको मुल्य ?

लगातारको वर्षाका कारण ठाउंठाउंमा बाढी र पहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भांउ आकासिएको छ । निरन्तर परिरहेको वर्षाले तरकारीको उत्पादनमा भारी गिरावट आएका कारण हाम्रो दैनिक जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने सामाग्रीको मुल्य आकासिएको हो ।

हिउंदमा भन्दा वर्खामा यसै पनि तरकारीको उत्पादनमा कमी हुने गर्दछ । यो समयमा धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर, ललितपुर र काठमाडौका विभिन्न ठाउंबाट तरकारी आयात हुने गर्दछ । चार पाचं दिन अधि प्रति किलो ३५ रुपैया किलो पर्ने प्याजको मुल्य मंगलवार ७० पुगेको छ । नेपालमा खपत हुने प्याजको ९८ प्रतिशत भारतवाट आयात हुने गर्छ । भारतमा उत्पादित प्याज अविरल वर्षा र वाढीका कारण नष्ट हुंदा माग र आपुर्तिविच तालमेल मिलेको छैन । बाढी र पहिरोले प्याजको भण्डारण पनि प्रभावित हुदा भारतमा नै यसको मुल्य बढेको छ ।

उता भाउ बढ्दा नेपालमा बढ्नु स्भाविक भएको व्यापारी बताउंछन् । वाटो अवरुद्ध हुदा पाचं दिनमा आउने सामान १० दिनमा आईपुग्दा कुहिएर क्षति भएको व्यापारीको भनाई छ । एकसाता अघि ४० रुपैया पर्ने गोलभेंडामा मुल्य बढेर अहिले १०० देखि ११० रुपैया सम्म पुगेको छ । त्यस्तै काउली, घिरौला, बोडी, लौका, फर्सी, भेडे खुर्सानी, बन्दा, आलु जस्ता तरकारीको भाउ आकासिदा उपभोक्ता मारमा परेका छन् । हरेक तरकारीमा दिनप्रतिदिन यसरी बढेको मुल्यले आफुहरु मारमा परेकाले कम खपत गर्नुपरेको उनीहरुको गुनासो छ ।

अहिले दैनिक ६ सय मेट्रिक टन तरकारी उपत्यकाको बजारमा भित्रिन्छ । सामान्य अवस्थामा भने बजारमा ७ सयदेखि साढे ७ सय मेट्रिक टन तरकारी भित्रिने गरेको छ । व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर तरकारीको मूल्य बढाएको आरोप उपभोक्ताको छ । यसरी वाढी पहिरोका नाममा जनताको दैनिक आवश्यकतासंग जोडिएका वस्तुहरुमा कालोबजारी र नाफाखोरी अन्त्य गर्न उनीहरुले माग गरेका छन् ।