पहिचान भित्र परिचय खोज्दै दाङका मगरहरू

समय परिवर्तनशिल छ, मानिसका इच्छा, चाहना समयनुसार परिवर्तन हुँदै गएका छन । नेपालीका विविध भेषभुषा लोप हुने अवस्थामा पुगेका छन यतिवेला । विदेशी पहिरन वजारमा छ्याप्छ्याप्ती छन र फेरी नेपालीहरु त्यहि मन पराँउछन । तर दाङका मगर समुदायमा त्यो समस्या खासै देखिदैन । उनीहरु आफ्नो भेषभुषा र भाषाप्रति जानकार छन ।

स–साना वालावलिकादेखि वृद्धवृद्धासम्म एउटै भेषभुषामा देखिन्छन यहाँका मगरहरु ।  वजारमा हिडदा पनि आफ्नै भेषभुषामा देखिने मगरहरु नेपाल मगर संघ दाङले सदैब आयोजना गर्ने भुमे महोत्सवमा त झन आफ्नो पोशाकप्रति सबै नै बफादार देखिन्छन । अनी उनीहरु हरेक वर्षको असार १ देखि ५ गतेसम्म चल्ने महोत्सवमा दिलै खोलेर आफ्नै पहिचानमा खुव रमाउँछन । महिलाहरु गुन्यौ, चोली, पटुका, गादा र खुर्पेटोमा देखिन्छन भने भोटो–कछाडसँगै, भाङ्ग्रा, शीरमा टोपी र मखमली चोलीमा देखिन्छन वालकदेखि वृद्धसम्म ।

आदीवासी जनजातीहरुको आफ्नो भाषा, संस्कृती, रहनसहन, भिन्नै किसिमको जिवनशैली र संस्कार छ । त्यसमा पनि मगर समुदायमा अझ वढि मौलिक संस्कार रहेको वताउनुहुन्छ नेपाल मगर संघ दाङका अध्यक्ष सितलाल पुन मगर । खासगरी रोल्पा रुकुमवाट वसाइसराइ गरी दाङमा आएर वसोवास गर्ने मगरहरुमा मात्रै भेषभुषा सिमित रहकोमा अहिले सवैजसो मगरहरुले आफ्नो पहिचान वुझ्दैछन ।
यति मात्र होइन अन्य समुदायका वालवालिका र महिलाहरुले आफुहरुको पोशाक किनिदिने र लगाईदिने गर्दा छुट्टै खालको गौरब महसुस भइरहेको वताउनुहुन्छ पुन । यहाँका स्थानीय मगरहरुमा पनि आफ्नो भेषभुषाको जर्गेना गर्ने र आफ्नो पहिचान यो हो भन्ने कुराको ज्ञान वढ्न थालेको छ । त्यति मात्र होइन स–साना वालकदेखि वृद्धासम्म आफ्नो भेषभुषाप्रतिको माँया उत्तिकै छ ।

आफ्नो संस्कार संस्कृतिवारे दाङका मगरहरु कसरी जानकार हुँदै छन त ?भन्ने प्रश्नको उत्तर यसरी दिनुहुन्छ अध्यक्ष पुन –“मगर संघ दाङले मगरका जातीय पोशाक र रहनसहनबारे जानकारी र सन्देशमुलक ज्ञानका कुरा सिकाउने गर्दछ, जसको फलस्वरुप हरेक मगर अभिभावकरु आफ्ना सन्तानलाई आफ्नो पहिचानबारे सिकाउन थाल्नुभएको छ र यो कार्यले सार्थक रुप लिँदैछ । यस कार्यप्रति छोराछोरीले पनि साथ दिइरहेका छन ।”

दाङमा मगर भेषभुषा संरक्षणका लागी भन्दै विभिन्न अभियानहरु पनि सन्चालन गरिदै आइएको छ । कहिले मगर भेषभुषा प्रदर्शन, कहिल्यै भेषभुषाको प्रचार त कहिल्य पहिचान जोगाउन आग्रह । यी प्रयासका कारण सिंगो मगर समुदायमा चेतना जागृत भएको मगर अगुवाहरुको भनाई छ । मगर भेषभुषाको कुरा सिमीत मगर समुदायसंग मात्र होइन अन्य समुदायका लागी पनि आकर्षणको केन्द्र वन्न थालेको छ । आजभोली हरेक कार्यक्रम होस या, नाचगानमा मगर भेषभेषाको प्रयोग गर्नहरु वढेका छन । हाम्रो भाष, भेषभुषा लोप हुन्छ कि भनेर चिन्ता गर्ने मगर अगुवाहरु त्यसलाइ लोप हुन नदिन र संरक्षण गर्न खोजेको वताँउछन ।

राज्यवाट कुनै त्यस्तो हौसला नपाएपनि मगर समुदाय आफ्नो पहिचानका लागी जागरुक बन्नुपर्छ  भन्नुहुन्छ साहित्यकार डम्बर बुढा मगर । हो, हामी कसैले पनि आफ्नो उत्थान र सक्ष्मताका लागी आफै जागन जरुरी छ । विगत वर्षमा आफ्ना पहिचान नवुसझेका मगरहरु अव यस्को सवालमा केन्द्रित हुदैछन र हुनुपर्ने देखिन्छ । पहिचानविना आफ्नो परिचय भेटाउन गाह्रोछ । आफ्नो संरक्षण आफै गरे आफु वलियो भइन्छ भन्ने कुरोको वोध गर्न जरुरी छ दाङका मगरहरुले ।