बाढीपीडित भोकभोकै,सरकारी राहत कोषमा २ अर्ब १२ करोड
  प्रकासित मिति : २०७४ श्रावण ३१, मंगलवार ००:३४ 
प्रकासित समय : ००:३४
                                    
															सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपीडितजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोष्मा २ अर्ब १२ करोड रुपैयाँ छ । कोष्मा देशभित्र र बाहिर रहेका विभिन्न समुह र सर्वसाधारणले दिएको रकम जम्मा भएको हो ।
त्यसैगरी देशका ७५ जिल्लामा शाखा रहेको केन्द्रीय विपद् उद्धचार तथा राहत समितिमा समेत करोडौं रुपैयाँ जम्मा भएको छ ।, यो खबर आजको नागरिकमा छ ।


 
																					